Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे


  • 288
    Shares

    बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे
    images

    काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् ।

    मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । चौधरीले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो ।

    कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो ।

    नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

    ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिंडेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना भएको थियो ।

    प्रदर्शन र आलोचना भएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो । बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भएको थियो । उनलाई सामान्य चोट लागेको थियो ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १४:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij