Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने, चैत १५ जस्तो दमन नगर्न सरकारलाई चेतावनी

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने, चैत १५ जस्तो दमन नगर्न सरकारलाई चेतावनी


  • 435
    Shares

    ‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने, चैत १५ जस्तो दमन नगर्न सरकारलाई चेतावनी
    images

    काठमाडौं । काठमाडौंमा हुन लागेको ‘जेन जी’ आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईँ पनि मिसिने भएका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ सहभागी हुने भएका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

    प्रसाईँले आफ्नो फेसबुकमा लेख्छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता-चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्।

    विदेशसम्म-अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु ’।  

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १३:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij