Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाइ टिकट किन्दा ५०० क्यासब्याक अफर

ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाइ टिकट किन्दा ५०० क्यासब्याक अफर


  • 1.2K
    Shares

    ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाइ टिकट किन्दा ५०० क्यासब्याक अफर

    काठमाडौं । दशैँको अवसरमा ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई हवाई टिकट खरिदमा आकर्षक क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

    अब ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ग्राहकले प्रतिटिकट अधिकतम ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार, यो अफर पहिलो ४०० जना ग्राहकले मात्र पाउनेछन् भने हवाई टिकट खरिद गर्दा विशेष प्रोमो कोड प्रयोग गरेपछि मात्र क्यासब्याक सुविधा उपलब्ध हुने भएको छ । अभियान अवधिभर ग्राहकले आफ्नो पहिलो टिकट खरिदमै यो सुविधा लिन सक्नेछन् ।

    यस अफरमार्फत बैंकले आफ्ना ग्राहकलाई सहज र लाभदायक यात्राको सुविधा दिनुका साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । हालै मात्र अन्तर्राष्ट्रिय सूचना सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी प्रमाणपत्र हासिल गरेको बैंकले सुरक्षित र व्यवस्थित डिजिटल सेवा प्रवाहलाई निरन्तर सुदृढ पार्दै आएको जनाएको छ ।

    सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै बैंकले हरेक वर्ष “न्यानो नानी” पहलमार्फत दुई हजारभन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्न सहयोग पुर्‍याउँदै आएको छ । साथै, गत आर्थिक वर्षमा मात्र ४१ करोड कर तिरेर राष्ट्र निर्माणमा योगदान दिएको बैंकले जजानकारी दिएको छ ।

    ज्योति विकास बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत देशभर सेवा विस्तार गरीरहेको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १२:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij