Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

पोखराको बसपार्क छेउछाउ खुलमखुला देहव्यापार !

पोखराको बसपार्क छेउछाउ खुलमखुला देहव्यापार !


  • 666
    Shares

    पोखराको बसपार्क छेउछाउ खुलमखुला देहव्यापार !
    images

    कास्की । अनैतिक क्रियाकलापको अखडा बनेको पोखराको बागलुङ बसपार्कले विस्तारै नयाँ लय समात्दै थियो । अनैतिक कृयाकलापहरु रोकिएका थिए । स्थानीयहरुले बागलुङ बसपार्क भन्ने शब्द नै बदनाम भए पछि विन्दवासिनी माताका नाममा बसपार्कको नामकरण गरे । तर, अहिले फेरि यो क्षेत्रमा यौनजन्य क्रियाकलापले निरन्तरता पाउन थालेको छ । 

    कुनै समय थियो पोखरा बागलुङ बसपार्कको नाम लिन समेत हिचकिचाउने गरिन्थ्यो । पुरुष हुन् या महिला त्यस क्षेत्रमा हिड्दा समेत अनुहार छोपेर हिड्नुपर्ने बाध्यता थियो । कारण हो त्यहाँ हुने अबैध यौनजन्य कृयाकलाप र मोलमोलाई । विचमा केही बर्ष  प्रहरी प्रशासन र स्थानीयको सहकार्यमा यौनजन्य गतिबिधिलाई रोक लागाइएको थियो, र त बागलुङ बसपार्क नाम परिवर्तन भइ विन्धवासिनी बसपार्क हुन पुग्यो । 

    यौनजन्य कृयाकलापको अखडा होइन व्यापारिक केन्द्र थियो बागलुङ बसपार्क ।  तर, विन्धवासिनी बसपार्क फेरी बागलुङ बसपार्क तर्फ उन्मुख भएको छ । अर्थात त्यस क्षेत्रमा देहव्यपारका अखडाहरु फेरी संचालनमा आएका छन् । हालसालै मात्रै कास्की प्रहरीले देहव्यापार गर्ने गराउने कार्यमा संलग्न १९ रेष्टुरेन्ट तथा खाजा घर संचालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीको यो सक्रियताले बागलुङ बसपार्क क्षेत्र सहित पोखरामा देहव्यापार फस्टाएको पुष्टि गर्छ ।

    वषौदेखी देहव्यापारको अखडाको रुपमा बदनाम भएको बसपार्क क्षेत्रलाइ सामान्य अवस्थामा ल्याउन प्रशासनसहित स्थानियहरुले निकै मेहनत गरे । तर अहिले आएर फेरी यही ठाउँमा अबैध धन्दा मौलाएको छ । त्यसैले स्थानीयहरु पनि आफ्नै घरवरपर हिड्न अनुहार लुकाउनुपर्ने अवस्था रहेको पीडा पोख्छन् । 

    लामो समय पोखराको बागलुङ बसपार्कमा अबैध यौन धन्दा बन्द रहे पनि लुकिछिपी सामाजिक संजाल र विचौलिया मार्फत देहव्यापार मौलाइरहेको थियो । तर, टोल सहरको बदनामा हुने गरि दोकान थापेर फेरी सुरु हुन थालेको देहव्यापारले पोखराका विभिन्न क्षेत्रहरुलाई कलंकको टिका लगाइदिएको छ । जुनसुकै किसिमका देहव्यापारलाई नियन्त्रणमा लिने कास्की प्रहरीको दावी छ । 

    गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले पोखरा पर्यटकी सहर रहेको र कसैले रोकेर पनि देहव्यापार रोक्न नसकिने भन्दै रेडलाईट एरियाको अवधारण सारेका थिए । तर, त्यसले पूर्णता पाउन भने सकेन । संसारकै सबैभन्दा पुरानो पेशाको रुपमा देहव्यापारलाई लिने गरिन्छ, यसलाई चाहदा चाहदैँ पनि कसैले रोक्न सकेका छैनन् । नेपाली समाज जुन क्रममा विकास भइरहेको छ त्यसले पनि देहव्यापारलाई भने सहजै स्विकार गर्न सक्ने अवस्था छैन । 

    प्रकाशित मिति :भाद्र २१ २०८२ शनिवार - ०८:३६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij