Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु


  • 4.1K
    Shares

    स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

    नेपालगञ्ज ।  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् ।

    ‘३र४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

    अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

    स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:४८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij