Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

१६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्‌कालीन अवतरण

१६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्‌कालीन अवतरण


  • 379
    Shares

    १६१ यात्रु सवार एयर इन्डियाको विमान आपत्‌कालीन अवतरण
    images

    काठमाडौं । एयर इन्डियाको दिल्ली-इन्दौर उडान शुक्रबार इन्दौर विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार १६१ यात्रु सवार विमान इन्जिनमा प्राविधिक गडबडी देखिएपछि आपत्‌कालीन अवतरण गराइएको हो।

    दिल्लीबाट इन्दौर आउँदै गरेको एयर इन्डिया एक्सप्रेस उडान नम्बर आईएक्स-१०२८ का पाइलटले अवतरण गर्नुअघि इन्जिनमा प्राविधिक गडबडी पत्ता लगाएका हुन्। यसपछि सुरक्षाका कारण शुक्रबार बिहान विमानलाई इन्दौर विमानस्थलमा आपत्‌कालीन अवतरण गराउनुपरेको हो।

    एटीसी कन्ट्रोलबाट जानकारी पाउनेबित्तिकै विमानस्थलमा दमकल, एम्बुलेन्स र सीआईएसएफको टोली खटाइएको थियो। विमान बिहान ९स्५४ बजे सुरक्षित अवतरण गराइएको हो। 

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १३:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij