Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबिच व्यावसायिक सम्झौता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबिच व्यावसायिक सम्झौता


  • 225
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र  महिला उद्यमी महासंघबिच व्यावसायिक सम्झौता
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंक बिच सम्झौता भएको हो । 
     
    बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ । 

    यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।  

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १५:२६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij