Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सिद्धार्थ क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

सिद्धार्थ क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने


  • 232
    Shares

    सिद्धार्थ क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने
    images

    काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१\८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बस्ने भएको छ । 

    कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१\८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्ने भएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:५७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij