२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशीका जारी गरेको हो ।
निर्देशनअनुसार विदेशी मुद्रा सटहीका लागि प्राधिकरणसमक्ष सिफारिस माग्दा बीमकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०को हस्ताक्षर अनिवार्य गरिएको छ। बीमकले विदेशी मुद्रा सहटी सिफारिस मागका लागि पेस गरिएका कागजातहरु तथा स्वीकृति पत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्मसम्म सुरक्षित राख्नुपर्नेछ।
निर्देशनअनुसार अब बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएरमात्र गर्नु पर्नेछ।
बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ। अब बीमकले प्राधिकरणबाट सटही सिफारिस प्राप्त मितिले बाणिज्य बैंकको हकमा १५ दिन र नेपाल राष्ट्र बैंकको हकमा ३० दिनभित्र भुक्तानी गरी सोको निस्सा ३ दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्नेछ।
उता पुनर्बीमा वा रेट्रोसनबापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिकाबमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिकाबमोजिमको रेटिङ प्राप्त पुनर्बीमकका लागिमात्र प्राधिकरण सिफारिस दिनेछ। तर, बीमकको पुनर्बीमा निर्देशिका लागू हुनुपूर्व गरिएको बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस माग गर्न वा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्याउने निर्देशनमा व्यवस्था गरिएको छ।
विदेशी मुद्रा सटही सिफारिस निर्देशीकामा के–के कुरा भयो संशोधन ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij