Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला

वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला


  • 274
    Shares

    वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला
    images

    काठमाडौं । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार मङ्गलवार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।

    नयाँ सङ्क्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।

    गत २८ साउनदेखि फाटफुट रूपमा झाडापखालाका बिरामी देखा परे पनि गत सातादेखि प्रकोपको रूप लिएको थियो । वीरगन्जमा फैलिएको हैजाको स्रोत भने अझै पत्ता लागेको छैन।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - ११:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij