२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।
माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij