Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

आज अमेरिकी डलर पनि सस्तियो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज अमेरिकी डलर पनि सस्तियो, कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 344
    Shares

    आज अमेरिकी डलर पनि सस्तियो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ।
    युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १८ पैसा रहेको छ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - ०८:०१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij