२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । भारतको मुम्बइबाट आएको इन्डिगो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला ओभरसुट गरिएको छ ।
मंगलबार दिउँसो २ बजेर ९ मिनेटमा अवतरण गर्ने तालिका भएपनि जहाज ‘मिस्ड अप्रोच’ भएको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार इन्डिगो एयरको ९फ्लाइट नम्बर ६ ई ११५७० जहाज निर्धारित समयअनुसार काठमाडौं आइसकेको भएपनि आवश्यक अवतरण प्रक्रिया पूरा गर्न नसकी आकाशमै फन्को मार्नुपरेको हो । विमानस्थलमा ल्याण्ड गर्ने तयारी गरेपनि ल्याण्ड हुन नसकेको हो ।
‘मौसम लगायत अन्य प्राविधिक कारणले पनि कहिलेकाहीँ अवतरण प्रक्रिया असफल हुने गर्छ । यसमा पनि त्यही भएको हो । यो सामान्य समस्या हो । जहाजले अहिले उपत्यकाकै आकाशमा फन्को मारिरहेको छ । केहिबेरमा ल्याण्ड हुनसक्छ’, उनले भने ।
यसअघि दिल्ली, बैंकक र दुबईबाट आएका विमान भने निर्धारित समयमा सुरक्षित रूपमा अवतरण गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij