Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सनराइज होल्डिङ्गस् लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

सनराइज होल्डिङ्गस् लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल


  • 911
    Shares

    सनराइज होल्डिङ्गस् लिमिटेडले आइपीओ जारी गर्ने,  बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

    काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि  गरिने १०० अंकित दरका २४,००,००० कित्ताले हुन आउने २४,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । 

    निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिकास सिलवालले हस्ताक्षर गरेका छन् । 

    सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्कासन गर्न लागेको हो ।

    images
    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:०३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij