Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

मौसम पूर्वानुमान

देशभरको मौसम बदली, केही भूभागमा भारी वर्षाको सम्भावना

देशभरको मौसम बदली, केही भूभागमा भारी वर्षाको सम्भावना


  • 393
    Shares

    देशभरको मौसम बदली, केही भूभागमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थान र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाका साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    यस्तै, आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २३ मिनेटमा हुनेछ ।

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ०८:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij