२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।
जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij