Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


  • 288
    Shares

    बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    images

    काठमाडौं । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२  नम्बरको  मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

    घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन । 

    अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १६:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij