२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका वडा नम्बर ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो अटो खोलामा खसेको हो ।
काठमाडौं । होपरी गाडबाट मसीने बगरतर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेको हो ।
अटोमा चालकसहित पाँच जना सवार थिए । बेपत्ता तीन जनाको पहिचान भने हुन सकेको छैन । सोही ठाउँमा १६ वर्षीय आयुश भुलको दाहिने हातमा चोट लागेर गोकुलेश्वर बजारमा उपचारका लागि लगिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार बेपत्ताहरूको खोजी कार्य भइरहेको छ । प्रहरीले चालकलाई भने नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij