Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

कुवेतमा नेपाली घरेलु महिला श्रमिक माथि शारीरिक यातना, कहिलेसम्म सहने ?

कुवेतमा नेपाली घरेलु महिला श्रमिक माथि शारीरिक यातना, कहिलेसम्म सहने ?


  • 379
    Shares

    कुवेतमा नेपाली घरेलु महिला श्रमिक माथि शारीरिक यातना, कहिलेसम्म सहने ?
    images

    काठमाडौं । मानव तस्करको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेका हजारौं नेपाली महिला कामदारहरुले रोजगारदाता कम्पनी (घर मालिका) ले चरम यातना दिने गरेको भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेको तथ्य नौलो होइन ।

    यस्तै मध्यका हुन् सिन्धुपाल्चोक सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर – ६ बस्ने शान्ता कार्की र रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर – ४ बस्ने लालकुमारी कामी । शान्ता र लालकुमारीलाई विगत १ बर्षदेखि घर मालिकले चरम यातना दिएपछि अलपत्र अलपत्र परेका थिए। उनीहरुलाई वैदेशिक रोजगार उद्धार संघ नेपाल उद्धार गरी स्वदेश फर्काउन सफल भएको छ।

    उनीहरुलाई मालिकले चरम शारीरिक यातना दिएको ,खानपिन समेत गर्न नदिएको शरीरमा लठ्ठी , प्रेसर कुकर लगायतको हातहतियार समेतबाट कुटपिट गरेर बन्धक बनाएको अवस्थामा उद्धार गरी नेपाल फ्रिता ल्याएको हो। वैदेशिक रोजगार उद्धार श्रमिक संघका विदेश विभाग प्रमुख सविना केसी कटुवाल जो हाल कुवेतमा रहेको र उनकै सकृयता र संघका अध्यक्ष विशाल मोक्तानको प्रयासमा उद्धार भएको जनाएको छ।

    विगतको लामो समयदेखि हजारौं नेपाली युवा तथा चेलीबेटीलाई संघले मानवीय उद्धार कार्यमा ऐतिहासिक सफलता हासिल गर्दै आएको संघका विशाल मोक्तानले जानकारी दिए। संस्था हरेक दिनजसो कुवेत लगायत अन्य खाडी मुलुकमा दलालको प्रलोभनमा परी अलपत्र परेका नेपालीहरुलाई सहयोग तथा उद्धारमा सहजीकरण गरिरहेको जनाएको छ।

    नेपाल सरकारले घरेलु कामदार माथि प्रतिबन्ध लागएको भएपनि ६० हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ। त्यहाँस्थित नेपाली दूतावासले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए पनि गैरकानुनी बाटो हुँदै ६० हजार बढी घरेलु कामदार कुवेत पुगेको पाईएको छ ।

    पछिल्लो समय कुवेतीले खदमा यानकी घरेलु महिला कामदारहरुको फोन ट्र्याक गरेर को सँग बोल्छ उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले पनि उद्धार समस्या हुने गरेको बताईएको छ।गैरकानुनी बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धक सरह काम गर्नु परेपछि मात्र आफूलाई फसाएको बारे थाहा पाउने गर्छन्।

    खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू गाउँका साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

    यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन्।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ०८:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij