Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

किसानका लागि २६ प्रकारका सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान (सूचीसहित)

किसानका लागि २६ प्रकारका सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान (सूचीसहित)


  • 2.1K
    Shares

    किसानका लागि २६ प्रकारका सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान (सूचीसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका सीमा, अवधि र भुक्तानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ जारी गर्दै राष्ट्र बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा निर्धारण गरेको हो। कृषि तथा पशुपन्छी कर्जा २६ प्रकारका तोकिएको छ।

    नयाँ कार्यविधि अनुसार व्यवसाय गर्न चाहने व्यक्तिले ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको ऋण सहुलियतपूर्ण कर्जा अन्तर्गत पाउनेछन्। 

    यसअघि २०७५ को कार्यविधिअनुसार २ लाखदेखि ५ करोडसम्मको ऋण दिने व्यवस्था थियो। यसपटक कर्जाको सीमा र दायरा दुवै बढाइएको छ।

    १. बिउ बिजन उत्पादन, प्रशोधन

    २. औद्योगिक बाली तथा नगदे बाली उत्पादन

    ३. अर्गानिक कृषि उत्पादन

    ४.  तरकारी उत्पादन, प्रशोधन

    ५.  च्याउ उत्पादन, प्रशोधन

    ६.  खाद्यान्न बाली, कोशे बाली उत्पादन

    ७. उखु, कफी, चिया, अलैंची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो, लोक्ता खेती तथा यिनीहरुको प्रशोधन

    ८. धान, गहुँ, मकै, जौ, फापर, सिलामको उत्पादन, प्रशोधन

    ९. चैतेधान खेती हुने क्षेत्रमा मिल सञ्चालन गरेको व्यवसायीलाई ड्राइङ गर्ने
    व्यवसाय सञ्चालन

    १०. वनजन्य व्यवसाय, पुष्प व्यवसाय तथा बागवानी

    ११. फलफूल उत्पादन, उत्पादित फलफूलको प्रशोधन

    १२. पशुपन्छीपालन

    १३. दुग्ध उत्पादन

    १४. मत्स्यपालन

    १५. मौरी पालन व्यवसाय

    १६. जडिवुटी उत्पादन, प्रशोधन

    १७. प्राङ्गारिक तथा जैविक मल उत्पादन

    १८. कपास, ऊन, रेसम खेती/उत्पादन, प्रशोधन

    १९. भेडा, च्याङ्ग्रा र चौरी लगायतबाट ऊनको उत्पादन, प्रशोधन

    २०. कृषि चुन उद्योग

    २१. बागवानी नर्सरी स्थापना तथा विकास, टिस्यू कल्चर प्रविधिबाट बिउ तथा विरुवा उत्पादन गर्ने व्यवसाय

    २२. हाई-टेक ग्रिन हाउस स्थापना र ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरुको
    उत्पादन

    २३. व्यावसायिक घाँस खेती उत्पादन, घाँसबाट हे तथा साइलेज उत्पादन
    व्यवसाय

    २४. सुपारी पात र अन्य पातजन्य उत्पादन, प्रशोधन

    २५. कृषि औजार, उपकरण वा संयन्त्रको उत्पादन

    २६. नेपाल सरकारले समय समयमा थप गरेका अन्य कृषि तथा पशुपन्छीजन्य व्यवसायहरू।

    bidesh.jpgdalit2.jpg

    start.jpg

    images
    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १८:५८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij