Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुँदै

नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुँदै


  • 484
    Shares

    नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुँदै
    images

    काठमाडौं । नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने भएको छ । नेपाल रग्बी संघले सिरिज आयोजना गर्न लागेको हो । खेलहरु दशरथ रंगशालामा भदौ ३० र ३१ गते हुने भएको छ । सन् २०२२ मा यी दुई टोलीबीच ढाकामा पहिलो सिरिज भएको थियो । 

    दोस्रो संस्करणको खेलमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताअन्तर्गत सेभेन्स र फिफ्टिन्स दुई विधामा हुने भएको छ  भने प्रतियोगिताको पहिलो दिन रग्बी सेभेन्सअर्न्तगत २ खेल संचालन हुनेछ । दोस्रो दिन फिफ्टिन्सअन्तर्गत एक खेल संचालन हुने रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारीले बताएका छन् ।

    नेपालबाट रग्बी प्रतियोगितामा २९ जना खेलाडीले सहभागिता जनाउने छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि नेपालले पछिलो दुई महिनादेखि तयारी गरिरहेको प्रशिक्षक तामाङले जनाएका छन् ।


    प्रतियोगितामा सहभागी जनाउन बंगलादेशको रग्बी टोली २९ गते नेपाल आउने भएका छन् । उत्कृष्ट एकजना खेलाडीलाई ट्रफी प्रदान गरी सम्मानित गरिन्छ  भने उपविजेता टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गर्नेछ । खेलका निम्ति अनुमानित बजेट ३५ लाख रहेको छ ।

     

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १७:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij