Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु


  • 4.8K
    Shares

    दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

    कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।

    पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । 

    संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।

    ‘केही साथीहरु घरमा बस्दा परिवारलाई पनि संक्रमण फैलने समस्या भैरहेको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैलाई  मध्यनजर गरी हामीले महासंघ कार्यालयमा ६ शय्याको आइसोलेसन तयार पारेका छौं। तर अक्सिजनको अभाव भएको छ।’

     

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ११:३४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij