२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमको आइपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको छ। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुने भएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी९आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij