Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन


  • 358
    Shares

    प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।  पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

    चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । 

    प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार चीन प्रस्थान गरेका थिए । भ्रमणको पहिलो दिन उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै नेपाली भूमि लिपुलेक मार्गमा चीन र भारतले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाएका थिए ।

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १०:४४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij