Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई


  • 2.8K
    Shares

    मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई
    images

    सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। 

    शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्।

    हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले  'मिस नेपाल वर्ल्ड' को उपाधि जितेकी हुन्।

    उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

    यस्तै,  मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ। उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन्।

    प्रकाशित मिति :भाद्र १४ २०८२ शनिवार - २२:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij