Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना संक्रमण

काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना संक्रमण


  • 5.1K
    Shares

    काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना संक्रमण

    काठमाडौँ । काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोनाभाइरसको संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका हुन् ।

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो ।

    प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।

    राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले बताए ।

    प्रतिष्ठान प्रदेशले कोरोना सङ्क्रमित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको भन्दै उपचारमा संलग्न सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ०७:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij