२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताएका छन् ।
बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताएका छन् । उनले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताएका छन् । सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दाबी छ । उनले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताएका छन् ।आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उनले किसानलाई आग्रह गरेका छन्।
उनले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताउका छन् । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उनको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij