Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

उपनिर्वाचनको मुखमा रुपन्देहीका नेताहरूलाई काँग्रेसले गर्‍यो कारवाही

उपनिर्वाचनको मुखमा रुपन्देहीका नेताहरूलाई काँग्रेसले गर्‍यो कारवाही


  • 337
    Shares

    उपनिर्वाचनको मुखमा रुपन्देहीका नेताहरूलाई काँग्रेसले गर्‍यो कारवाही
    images

    काठमाडौं । नेपाली काँग्रेसले उपनिर्वाचनको मुखमा तीन वर्ष अघि भएको निर्वाचनमा अन्तरघातको विषयलाई लिएर काँग्रेस रुपन्देहीका नेताहरूलाई धमाधम कारबाही गरेको छ ।

    गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आरोपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरेपछि यसले पार्टीलाई क्षति पुग्ने भन्दै चिन्तित बनेका छन् ।

    तीन वर्ष अघि भएको निर्वाचनमा अन्तरघातको विषयलाई लिएर प्रभावशाली युवा नेतामाथि कारबाही गरिएपछि आसन्न उपनिर्वाचनमा यसले पार्टीलाई क्षति पुग्ने पोखरेल निकटस्थहरूको गुनासो छ। उनलाई पार्टी केन्द्रको दबाबमा प्रदेश सदस्यको जिम्मेवारीबाट हटाइएको छ।

    कार्तिक १७ गते रुपन्देहीमा उपनिर्वाचनको तयारी भइरहेको छ। नेविसंघ रुपन्देहीमा लामो समय काम गरेका र रुपन्देही ५ बाट यसअघि नै प्रदेश सभाको उम्मेदवार भइसकेका युवा नेता पोखरेललाई कारबाही गरिएसँगै अहिले निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै पार्टी नेताहरूले यसको आलोचना थालेका छन् ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १५:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij