Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

ओलीको सचिवालयले भन्यो– विद्याबारे नबोलेको कुरा बाहिर ल्याएको देखियो

ओलीको सचिवालयले भन्यो– विद्याबारे नबोलेको कुरा बाहिर ल्याएको देखियो


  • 351
    Shares

    ओलीको सचिवालयले भन्यो– विद्याबारे नबोलेको कुरा  बाहिर ल्याएको देखियो
    images

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधवार पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौंका प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाटबारे व्यक्त भनाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर सार्वजनिक समाचारहरूको खण्डन गरेको छ । 

    सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै उक्त अनौपचारिक कार्यक्रममा ओलीले व्यक्त गरेका भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो । 

    ‘काठमाडौंका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ’, सचिवालयले भनेको छ । स्मरण रहोस्, एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले ओलीले व्यक्त गरेका धारणा बुँदागत रूपमा सार्वजनिक गरेको दाबी गरेका छन् । 

    ‘भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक काम लगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो’, अध्यक्ष ओलीको सचिवालयले प्रस्ट पारेको छ । 

    साथै सचिवालयले पूर्व राष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरू नेताले नगरेको र अहिले पार्टी तर नेतृत्वको विरोध गर्ने ठाउँमा उहाँ कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको जनाएको छ । 

    ‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिपूर्वक रूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरू अरू पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो’, छलफलमा ओलीले भनेको कुरा उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो ।’

    – प्रधानमन्त्रीको स्वकीय सचिवालय 

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - ११:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij