२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । बारामा पनि एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् ।
उनी हैजाको प्रकोप फैलिएको छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आइरहेका छन् । घरबाटै उनी काम गरेर आउजाउ गर्दै आइरहेका थिए । तर आइतबार अचानक झाडापखलाको समस्या देखिएपछि उनी उपचारका लागि कलैया अस्पतालमा भर्ना भएका थिए ।
यादवका अनुसार उनीमा हैजा संक्रमण पुष्टि भएसँगै उनको गाउँघरमा स्वास्थ्यकर्मी पठाएर अरू व्यक्तिमा झाडापखलाको लक्षण छ कि छैन भनेर अनुगमन गर्ने काम भएको छ । साथै स्वास्थ्यकर्मीको टोलीले झाडापखला र हैजा संक्रमणबारे जनचेतना फैलाउने काम गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij