Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वरिष्ठ गायक प्रेमध्वज प्रधानको न्यूरो अस्पतालमा निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको न्यूरो अस्पतालमा निधन


  • 5.7K
    Shares

    वरिष्ठ गायक प्रेमध्वज प्रधानको न्यूरो अस्पतालमा निधन

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो ।

    संगीतकार लक्ष्मण शेषले आफूलाई प्रेमध्वजकी श्रीमतिले उनको निधन भएको जानकारी दिएको बताए । ‘मलाई भाउजूले फोन गरेर उहाँको निधनको बारेमा जानकारी दिनुभएको छ । विस्तृत बुझ्न बाँकी छ’, उनले भने ।

    छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

    गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १४:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij