२०८२ चैत्र १ गते आइतवार
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
गोरखा घर भएका रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
१ सेट ९६ पिस० रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो ।
त्रिवि शिक्षण अस्पताल अगाडि रहेको सेवक फर्माका दिपक ढकालले भनेअनुसार आफुले रेम्डिसिभिर तोकिएको भन्दा धेरै मुल्यमा बेचेको अभियुक्तले प्रहरीलाई बताएका छन् । उनीबारे अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij