२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरुको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताए।
बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरु अर्थहीन हुने टिप्पणी गरे।
उनले सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले० अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औंल्याए । उनले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको दोहोर्याय। उनले सांसदहरुलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गरे।
सापकोटाले संविधानलाई समयानुकुल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रुपमा अघि सारिरहेको पनि बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij