Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

घाइते हुँदा पनि दर्शक भेट्न हलमा पुगे माग्ने बुढा

घाइते हुँदा पनि दर्शक भेट्न हलमा पुगे माग्ने बुढा


  • 2.6K
    Shares

    घाइते हुँदा पनि दर्शक भेट्न हलमा पुगे माग्ने बुढा

    काठमाडौं । यतिखेर हलमा केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ चलिरहेको छ। गत शुक्रबारदेखि प्रदर्शरत फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।

    यसैबीच, ब्याडमिन्टन खेल्दा लडेर हातमा चोट लागेपछि घाइते भएका छन्। मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर उनी लडेका थिए। दाहिने कुहिनो भुइँमा बज्रिँदा उनको कुममा समस्या देखिएको बताइएको छ।

    तर, घाइते हुँदासमेत केदार बुधबार बिहान दर्शकसँग साक्षात्कार गर्न काठमाडौँका हलहरूमा पुगेका छन्। जहाँ पुगेर उनले दर्शकसँग तस्विर खिचाउनुका साथै प्रतिक्रिया पनि लिए। त्यसलगत्तै उनलाई उपचारका लागि काठमाडौँको एक अस्पतालमा लगिएको छ।  

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १५:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij