२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको मूख्य भूमिका रहेको चलचित्रको टिजरमा कथावस्तु र पात्रको चरित्र बुझाउन खोजिएको छ ।
सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ। चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा निर्माण भएको चलचित्रमा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौँमा गरिएको थियो । चलचित्र आगामी असोज ३१ गते प्रदर्शन हुने भएको छ ।
चलचित्रको पटकथा हेमराज बीसी हुन् भने सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij