Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

फेसबुकबाट राजनीति छोडेको घोषणा गर्दै वडाध्यक्ष सरोज लामा विदेश पलायन

फेसबुकबाट राजनीति छोडेको घोषणा गर्दै वडाध्यक्ष सरोज लामा विदेश पलायन


  • 1.3K
    Shares

    फेसबुकबाट राजनीति छोडेको घोषणा गर्दै वडाध्यक्ष सरोज लामा विदेश पलायन
    images

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी हानिएका हुन् ।

    वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेसिएको बताएका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो ।

    तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।

    लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए ।

    ‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने । लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १४:११:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij