Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै झापा इनर्जी

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै झापा इनर्जी


  • 1.8K
    Shares

    सर्वसाधारणका लागि आईपीओ जारी गर्दै झापा इनर्जी

    काठमाडौं । झापा इनर्जीले दोस्रो चरणमा सर्वसाधारणका लागि यही भदौ २० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।  बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

    कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ भने बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    झापा इनर्जीको आइपीओ निष्कासन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुने भएको छ। 

     

    images
    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १३:१०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij