Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज गतेदेखि बन्दीपुर केबलकारको आइपीओमा आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइने ?

आज गतेदेखि बन्दीपुर केबलकारको आइपीओमा आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइने ?


  • 1.0K
    Shares

    • images
    आज गतेदेखि  बन्दीपुर केबलकारको आइपीओमा आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइने ?

    काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आज भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। 

    दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको छ। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो। 

    कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुने भएको छ । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी(आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १०:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij