Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पशुपतिमा नग्न बस्ने नागा साधुहरूलाई अश्लीलता भन्न मिल्दैन: सर्वोच्च अदालत

पशुपतिमा नग्न बस्ने नागा साधुहरूलाई अश्लीलता भन्न मिल्दैन: सर्वोच्च अदालत


  • 414
    Shares

    • images
    पशुपतिमा नग्न बस्ने नागा साधुहरूलाई अश्लीलता भन्न मिल्दैन: सर्वोच्च अदालत
    images

    काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा नागा साधुहरूले नग्न बस्ने अभ्यासलाई अश्लीलता मान्न नहुने व्याख्या गरेको छ ।

    न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको इजलासले सनातनी अभ्यास र परम्पराका रूपमा नागा साधुहरूको नग्नता भगवान पशुपतिनाथप्रतिको भक्ति, समर्पण र साधना भएकाले अश्लीलताको परिभाषाभित्र नपर्ने ठहर गरेको हो ।

    अधिवक्ता यज्ञमणि न्यौपानेले शिवरात्रीमा नागा बाबाहरूको क्रियाकलाप यौनजन्य हिंसात्मक भएकाले रोक्न र मन्दिर परिसरमा प्रवेश निषेध गर्न रिट दायर गरेका थिए। सर्वोच्चले भने, सामाजिक स्वीकार्यताको विपरीत र यौनिक दृष्टिले दिग्भ्रमित पार्ने उद्देश्य नभएको अवस्थामा नग्नता स्वतः अश्लीलता नहुने दाबी गर्दै रिटको माग खारेज गर्ने निर्णय गरेको हो । 

    सर्वोच्चले नागा साधुहरूको अभ्यास सनातन हिन्दू परम्पराको अभिन्न अंग भएको र धार्मिक, सामाजिक तथा नैतिक दृष्टिले स्वीकार्य रहेको व्याख्या गरेको हो ।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - ०४:४३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij