Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे

मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे


  • 365
    Shares

    • images
    मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्न नहुने बताए। 

    सोमबार काठमाडौमा आयोजित सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवद्र्धन सम्बन्धी कार्यक्रममा उनले मौलिक संस्कृति र पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुशीमा आधारित समाज निर्माण हुने बताए । संस्कृति नै संसारभरी शान्तिको सन्देश फैलाउन सक्ने रणनिति र सामरिकी शक्ति भएको उनको भनाई छ । 

    मानव समाज र सभ्यतालाई समुन्नत बनाउन युनेस्को लगायतका संस्थाहरुले प्रयत्न गरिरहेको बताउँदै मन्त्री पाण्डेले भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन नसक्ने बताए । हरेक समुदायमा रहेका संस्कृतिका आयाम र पहिचानको संवेदनशीलतालाई एक अर्को समुदायले बुझेको खण्डमा मात्रै मान्छेले मानवलाई बुझ्ने उनको भनाई छ । 

    मन्त्री पाण्डेले पछिल्लो दिनमा नेपालमा गुरुकुलहरुको स्थापना हुन थालेको बताए । यसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको उनको भनाई छ । पाण्डेका अनुसार विहारहरु संचालन हुन थालेको  छ । गुरुकुल र विहारप्रति आर्कषण बढेकोले यसले हाम्रो ज्ञानको अर्को कालखण्डको खोजी, अमुर्त सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी गर्ने प्रारम्भ गरेको छ ।  बिहावारीमा लगाउने दौरा सुरुवाल कोट, नेवार समुदायले प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको उनले बताए । 

     मन्त्री पाण्डेले पाल्पाको र तेह्रथुमको ढाकाटोपीको उद्यम पनि अहिले बढ्न थालेको बताउँदै यसले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई उद्योगतिर जोड्ने काम गरिरहेको बताए । 

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १६:१८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij