Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुटकेशभित्र महिलाको शव प्रकरण: एकजना शंकास्पद व्यक्ति पक्राउ

सुटकेशभित्र महिलाको शव प्रकरण: एकजना शंकास्पद व्यक्ति पक्राउ


  • 827
    Shares

    • images
    सुटकेशभित्र महिलाको शव प्रकरण: एकजना  शंकास्पद व्यक्ति पक्राउ
    images

    काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक संदिग्ध व्यक्ति पक्राउ परेका छन् ।

    प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती संदिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् । ‘सोधपुछका एक जनालाई नियन्त्रणमा लिएका छौं । हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेका छन् । थप बुझ्ने र भेरिफाई गर्ने काम हुँदैछ’ एक जना अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

    गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

    साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् । राति १० बजेतिर नै संकास्पद अवस्थामा सडकमा सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

    गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव भेटिएको थियो ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १४:३९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij