Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ४९ लाख

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ४९ लाख


  • 400
    Shares

    • images
    व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ४९ लाख
    images

    काठमाडौं । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आव २०८१\८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएको छ । सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या बढ्न थालेको हो ।

    विभागका अनुसार यो अवधिमा स्थायी लेखा नम्बर लिनको संख्या भने २० लाख १२ हजार ९०८ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता करदाता ३ लाख ४५ हजार ७२७ पुगेका छन् ।

    अन्तस्शुल्कमा दर्ता करदाता १ लाख १९ हजार ४०२ पुगेका छन् । यस अवधिसम्म विथहोल्डर स्थायी लेखा नम्बर दर्ता संख्या भने ३५ हजार ८५३ पुगेको छ ।

    यस वर्ष विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएर कानून परिपालना नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको थियो । त्यस्ता करदाताको विवरण समेत सार्वजनिक गरिएको थियो । मूल्य अभिवृद्धि ऐन २०५२ अनुसार लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरिएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १४:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij