२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । वैदेशिक रोजगारीमा जानेलाई लघुवित्तमार्फत ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै विदेश जानेलाई धितो लिई तथा नलिई लघुवित्तबाट ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।
उक्त व्यवस्थाअनुसार पुरुषको हकमा ३ लाख र महिलाको हकमा ५ लाख रुपैयाँ लघुवित्तमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि आन्तरिक विनियमावली लघुवित्त संस्थाहरूले बनाउन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij