Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राजनीति

विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड, पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन प्रचण्ड र विप्लव सकारात्मक

विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड, पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन प्रचण्ड र विप्लव सकारात्मक


  • 778
    Shares

    • images
    विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड, पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन प्रचण्ड र विप्लव सकारात्मक
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ । 

    प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास लिएका छन् ।  पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेमा विश्वास लिएका हुन् ।  प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।

    प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए ।

    करिब ५० मिनेट विप्लव निवासमा बिताएर प्रचण्ड त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १२:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij