Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुदूरपश्चिममा काम गर्नेको तलब ७.४४ प्रतिशत, अन्य प्रदेशमा ४ प्रतिशत भन्दा पनि कम

सुदूरपश्चिममा काम गर्नेको तलब ७.४४ प्रतिशत, अन्य प्रदेशमा ४ प्रतिशत भन्दा पनि कम


  • 386
    Shares

    • images
    सुदूरपश्चिममा काम गर्नेको तलब ७.४४ प्रतिशत, अन्य प्रदेशमा  ४ प्रतिशत भन्दा पनि कम
    images

    काठमाडौं । सुदूरपश्चिममा काम गर्नेको पारिश्रमिक (तलब तथा ज्याला) सबैभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१\८२ मा सो प्रदेशमा काम गर्नेको यस्तो आम्दानी ७.४४ प्रतिशतले बढेको हो । अरू प्रदेशमा यस्तो वृद्धि ४ प्रतिशत भन्दा पनि कम छ । 

    तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ३.७२ प्रतिशत, कर्णालीमा ३.०९ प्रतिशत, गण्डकीमा २.७४ प्रतिशत तलब तथा ज्यालामा वृद्धि भएको छ । त्यस्तै, मधेसमा २.१४ प्रतिशत, बाग्मतीमा १.९८ प्रतिशत बढ्दा कोशीमा जम्मा १.२३ प्रतिशतले तलब तथा ज्याला वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    सबै प्रदेशको समेत गर्दा औसत तलब वृद्धि दर २.६३ प्रतिशत रहेको छ । अहिले देशभर भुक्तानी हुने तलब तथा ज्यालामध्ये बाग्मती प्रदेशमा मात्रै ३१.८९ प्रतिशत भुक्तानी हुन्छ । मधेसमा १५.९९, कोशीमा १५.५९, लुम्बिनीमा १५.६८, गण्डकीमा ९.८८ र कर्णालीमा ४.७१ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंक सर्वेक्षण छ ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ११:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij