२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । निषेधाज्ञाको बेला विवाह, व्रतबन्ध र मृत्युसंस्कार, बिरामी तथा बिरामी कुरुवालाई सहजीकरणबारे अस्पष्ट भएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण दिएको छ ।
बुधबार देखी लागू हुने गरी जारी गरिएको आदेशमा अत्यावश्यक कार्यका लागि सहजीकरणरसवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको गुनासो आएपछि कार्यालयले स्पष्ट पारेको हो ।
अब विवाह व्रतवन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउनेछन् ।
मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेस गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेस गर्न सकिने उल्लेख छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij