२०८२ चैत्र १ गते आइतवार
पूर्वी नवलपरासीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सदरमुकाम कावासोती र गैंडाकोटका पुरुष छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार होम आइसोलेसनमा रहेका कावासोती नगरपालिका–८ का ६३ वर्षीय पुरुषको बुधबार राति घरमै मृत्यु भएको छ । उनको गत सोमबार जिल्ला अस्पतालमा गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसै गरी गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चापागाईले जानकारी दिए । उनलाई गत आइतबार कोरोना पुष्टि भएको थियो । पूर्वी नवलपरासीमा वैशाखयता कोरोना संक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij