Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने


  • 2.7K
    Shares

    • images
    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने

    काठमाडौं । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ। 

    विभागले सूचना जारी गर्दै हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारी साधन धनीलाई उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जाडान गर्न अनुरोध गरेको छ। 

    गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो। 

    आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ। 

    विभागका अनुसार इम्बोस्ड नम्बर राख्दा मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ तोकिएको छ। 

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १४:२१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij