Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

धर्ना

उखु किसानको धर्ना, सरकारलाई घुँडा टेकाउने उनीहरुको चेतावनी

उखु किसानको धर्ना, सरकारलाई घुँडा टेकाउने उनीहरुको चेतावनी


  • 750
    Shares

    उखु किसानको धर्ना, सरकारलाई  घुँडा टेकाउने उनीहरुको चेतावनी
    images

    काठमाडौं । सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि र पुरानो बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरू फेरि आन्दोलनका लागि काठमाडौँ आएका छन् । उखु किसान महासङ्घको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट आएका किसानहरूले आजदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका हुन् ।

    उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले रातोपाटीसँग कुरा गर्दै सरकारले बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नराखेपछि आन्दोलन गर्नुपरेको बताए । ‘नेपाल सरकारले दिँदै आएको ७० रुपैयाँ अनुदान अहिलेको बजेटमा राखेको छैन, जुन सरासर किसानमाथि अन्याय हो,’ अध्यक्ष रायले भने,  ‘हाम्रो पुरानो सम्झौता कार्यान्वयन हुनुपर्छ भन्ने मुख्य माग हो ।’
     
    सरकारले उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने सहमति थियो । तर, नयाँ बजेटमा अनुदानको व्यवस्था घटाइएपछि किसानहरू आक्रोशित भएका हुन् । चालु आवमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानबाट ३५ रुपैयाँमा झारेको छ । 

    यसका साथै किसानहरूले गत वर्षकै सरकारी अनुदानबापतको रकम पनि नपाएको गुनासो गरेका छन् । अध्यक्ष रायका अनुसार गत वर्ष देशभर भएको उखु क्रसिङको हिसाबमा सरकारले दिनुपर्ने एक अर्ब ६० करोड रुपैयाँ अनुदान किसानले अझै पाउन बाँकी छ । ‘मिलले दिनुपर्ने भुक्तानी बाँकी छैन, तर सरकारले दिने भनेको अनुदान नै दिएको छैन,’ उनले भने ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १४:०४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij