Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन

भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन


  • 351
    Shares

    • images
    भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन
    images

    काठमाडौं । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६  अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो । 

    विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६   लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।  यसमध्ये सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ  । एक महिनाको अवधिमा २१ अर्ब ९९ करोड ९३ लाख ४१  हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ आयात हुँदा ८ अर्ब ७२ करोड ५३ लाख ९६  हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको उल्लेख छ  । 

    यस्तै गरी दोस्रोमा १३ अर्ब ४५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको तेलघ्यूजन्य वस्तु आयात भएको छ  । उक्त तेलघ्यूजन्य वस्तु आयात हुँदा ७४ करोड ८३ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ  । 

    यस्तै १३ अर्ब ३० करोड बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । उक्त फलाम आयात हुँदा २ अर्ब २६ करोड ८३ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । 

    साथै, ८ अर्ब १ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ  । उक्त सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा ७ अर्ब ३० करोड  ५४ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जानकारी दिएको छ। 

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १३:५५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij